व्यवस्थापनः
संस्थाको व्यवस्थापन विभिन्न क्षेत्रमा काम गरिरहेका दक्ष व्यवस्थापकहरु, विज्ञहरु तथा उचित तालिम लिएका सदस्यहरुबाट भइरहेको छ । दक्ष व्यक्तित्वहरुले आफूमा भएका दक्षता र अनुभव अन्य सदस्यहरुलाई प्रतिस्थापन गर्ने कार्यले संस्थाका हरेक सदस्य लाभान्वित हुँदै आएको छ । साथै सम्पूर्ण सदस्यहरुले आ–आफ्नो छुट्टै व्यवसाय पनि साथसाथै अगाडि बढाइरहनु भएकोले संस्थाको व्यवस्थापनमा सदस्यहरुको अनुभव पनि महत्वपूर्ण पाटोको रुपमा रहदै आएको छ ।